खराब मौसमका कारण हेलिकप्टर खोज्न सकिएन: प्राधिकरण
काठमाडौं,जेठ १५ । खराब मौसमका कारण हेलिकप्टर खोज्न नसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । खराब मौसम प्रतिकूलताको कारण सम्पर्कविहीन जहाज खोज्न नसकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको जानकारी दिएको छ।
प्राधिकरणका अनुसार जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको थियोे । तारा एयर प्रालिको ट्विनअट्टर (एनइएटी) विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको थियो।

