सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त भेटियो
काठमाडौं,जेठ् १५ । सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टिटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ ।
वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेलका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो । पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो ।
उक्त जहाजमा चालक दलाका सदस्यहरुसहित २२ जना सवार रहेका थिए । उडेकाे २० मिनेटपछि जाेमसाेम पुग्नुपर्ने जहाज सम्पर्कविहीन भएपछि खाेजी गरिएकाे थियाे ।

