लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै ज्यान गयो



लमजुङ,जेठ १५ । लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।

मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने कोइलेनी भन्नेस्थानमा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मध्यपहाडी लोकमार्गअन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो ।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा ट्रिपरका चालक अन्दाजी २७ वर्षीय आकाश घिमिरे, आयोजनाका सुपरभाइजर अन्दाजी ४५ वर्षीय उत्तम न्यौपाने र अन्य दुई जना अन्दाजी २८ वर्षीय पारस शाह र अन्दाजी २५ वर्षीय रवीन्द्र सेढाई रहेका छन् । मृतक सबैको सनाखत भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्