तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो



पोखरा,जेठ १६ । पोखराबाट मुस्ताङका लागि आइतबार विहान उडेर सम्पर्कविहिन भएको तारा एयरको ट्वीनअटर ९एन एइटी विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 

मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहानमा छरपस्ट अवस्थामा विमानको पाटपुर्जाहरु भेटिएको मध्यकमाण्ड हेडक्वाटर पोखराका कमाण्डपति उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो ।

उद्धारमा खटिएका नेपाली सेनाको टोलीले विमान फेलापारेको जानकारी दिएको हो । यता तत्कालै त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको मौसमले साथदिए यात्रुहरुको मृतशरीर पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्