मृगलाई हानेको गोली लागेर एक जनाको ज्यान गयो
प्युठान,जेठ १६ । ऐरावती गाउँपालिका वडा नं. १ स्थित दाङवाङमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
दोबाटो सामुदायिक वनको डाँडाथरी भन्ने ठाउँमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञानबहादुर नेपालीले मृगलाई हानेको गोली लागेर ३४ वर्षीय द्रोण आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार बेलुका सिकार खेल्न गएका समुहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ

