कार्यपालिका सदस्य निर्वाचन : सरुमारानी र नौबहिनीमा एमालेको प्यानलै बिजयी
प्युठान,जेठ १६ । प्युठानको सरुमारानी र नौबहिनीमा भएको गाउँ कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। ५ दलिय गठबन्धनलाई पराजीत गर्दै एमाले तर्फका उम्मेदवारहरुले जीत हासिल गरेका हुन।
एमाले उम्मेदवार बनाएका ४ जना महिला र दलित / अल्पसंख्यक एक/ एक जना सदस्य गरी जम्मा ६ जनाको प्यानलै विजयी भएको हो । महिला तर्फ आशा बिक, चन्द्रीमा थापा, एनुका राहुँ तथा कल्पना सुनार, दलिततर्फबाट पुर्खसिंह सुनार र अल्पसंख्यक तर्फ मोहम्मद हलिम हलुवाई निर्वाचित भएको निर्वाचन अधिकृत कपिल पौड्यालले जानकारी दिए ।
त्यस्तै, नौबहिनी गाउँपालिकामा पनि एमाले प्यानल विजयी भएका छन् ।
विजयी हुनेहरुमा लाल बहादुर सुनार, मीन बहादुर सुनार, रबिना मल्ल, लाली गिरि,सुशिला सुनार र इन्द्रा सुनार रहेका छन । गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो ।

