चितवनकी एक महिलालाई श्रीमानले मलद्वारमा लौरो घुसाउँदा ज्यान गयो



चितवन,जेठ १७ । चितवनकी एक महिलालाई श्रीमानले मलद्वारमा लौरो घुसाउँदा ज्यान गएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको ज्यान गएको हो ।

माझीको सोमबार अपरेसन गरिएको थियो । अपरेसनपछि पोष्टअपमा उपचारत उनको मुटुको चाल अचानक रोकिन पुगी गएराति मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

पाँच दिनअघि ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले श्रीमती गीताको मलद्वारमा लौरो घुसाएर घाइते बनाएका थिए । घटना लगत्तै प्रहरीले रामचन्द्रलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्