नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा



काठमाडौं,जेठ १७ । नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फूर्वा लामा रिहा भएका छन् ।

कबड्डी–४ चलचित्र हेर्न हलमा जाँदा उक्त फिल्मकी नायिका मिरुना मगरलाई दूर्व्यवहार गरेको आरोपमा फूर्वा लामा पक्राउ परेका थिए ।

सोमबार पक्राउ परेका लामा मंगलबार ३ हजार धरौटीमा रिहा भएका हुन् । मगरले झुटो आरोप लगाएको भन्दै उनीविरुद्ध चौतर्फी विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्