मिरुना र फुर्बाबीच क्षमायाचना, दुवैले गरे यस्तो सहमति
काठमाडौं,जेठ १७ । नायिका मिरुना मगर र फुर्बा लामाले एकाअर्कासंग माफी माग्दै क्षमायाचना गरेका छन् । खराब स्पर्श गरेको भन्दै नायिका मिरुनाले आरोपि फुर्बा तामाङलाई सोमबार झापड हानेकी थिइन । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा समेत हस्ताक्षर गरेका छन् ।
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा मागेकी छन् ।



