बजेटप्रति आरती स्ट्रीप्स उत्साहित
काठमाडौं,जेठ १८ । आइतवार सरकारले ल्याएको बजेटप्रति आरती स्ट्रीप्स कम्पनी उत्साहित बनेको छ ।
उद्योग क्षेत्रका लागि आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा गरिएका व्यवस्था सकारात्मक रहेको कम्पनीले बताएको हो । निजीक्षेत्रले विगतदेखि नै उठाउँदै आएका विभिन्न माग सम्बोधन भएको भन्दै कम्पनीले बजेटको स्वागत गरेको हो ।
‘उत्पादनमूलक उद्योगको जग्गा हदबन्दी, नेपाल सरकारको जग्गा ५० वर्षसम्मका लागि भाडामा उपलब्ध गराउने, आत्मनिर्भर भएका उद्योगलाई निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने लगायत विषय बजेटमा आउनु सराहनीय छ,’ कम्पनीद्वारा सोमवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

