दराजद्वारा ‘प्राउडली नेपाली, प्रमोटिङ नेपाल ब्रान्ड’ अभियान घोषणा
काठमाडौं,जेठ १८ । अनलाइन शपिङ प्लेटफर्म दराजले ‘प्राउडली नेपाली, प्रमोटिङ नेपाली ब्रान्ड’ अभियान घोषणा गरेको छ । स्थानीय ब्रान्डहरूको प्रवर्द्धनमा केन्द्रित हुने गरी कम्पनीले गत शुक्रवारदेखि उक्त अभियान शुरू गरेको हो ।
कम्पनीले वस्तु तथा सेवाको कारोबार गर्दै आएका नेपाली ब्राण्डहरूलाई प्रवर्द्धन गर्नु उक्त अभियानको मुख्य लक्ष्य रहेको बताएको छ । सो अभियान एकपटक मात्र सञ्चालन गर्ने नभई दीर्घकालीन परियोजना रहेको कम्पनीको भनाइ छ ।
अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र विक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग पुर्याउने कम्पनीले बताएको छ ।

