अब कांग्रेसलाई ठेगान लगाउने पालो : प्रचण्ड



काठमाडौ,जेठ १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढेको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् ।

उनले एमालेले अहंकार बढाउँदा आफूहरुले ठेगान लगाइदिएको भन्दै कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताएका हुन् ।

पार्टीका जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा बोल्दै आफूले गठबन्धन कायम राखेरै जान चाहेको तर कांग्रेसमा पनि एमालेमा जस्तै अहंकारको संकेत देखिएको प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्