छहरे-टोखा सुरुङ मार्ग निर्माणको मिति तोक्न सांसद तामाङको माग
काठमाडौं,जेठ् १८ । छहरे-टोखा सुरुङ मार्ग निर्माणको मिति यथाशक्य चाडो तोक्न प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले माग गरेका छन् ।
लामो समयदेखि चर्चा मात्र बटुल्न पुगेको छहरे-टोखा सुरुङमार्गको मिति नै तोकेर अगाडि बढ्न सांसद तामाङले माग गरेका हुन।
बुधबार आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा भाग लिदै सांसद तामाङले छहरे-टोखा सुरुङ्ग मार्गको सम्भाव्यता मात्रै भन्दै आएकाले सो शब्दावली नै परिवर्तन गरी छिटोभन्दा छिटो सुरुङ्ग मार्ग निर्माणका लागि सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका छन् ।
उता सरकारले आर्थिक वर्षको भाषणमा काठमाडौं उपत्यकाको चारभञ्ज्याङमा सुरुमार्ग निर्माण गर्ने कुरा बताएको छ । सांसद तामाङले तत्काल काम गरेर देखाउन र जनतालाई नढाट्न अनुरोध गरेका छन् ।

