नुवाकोट शिवपुरीकी रिता नेपाली तीन सातादेखि बेपत्ता
नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदीगाउँकी ३८ वर्षीया रिता नेपाली बेपत्ता भएकी छिन।
गत वैशाख ३१ गतेदेखि रिता बेपत्ता भएको उनको भाइ ज्ञानबहादुर नेपालीले बताए । ३ छोरी र २ छोराका आमा रितालाई आफन्तजनले निरन्तर खोजी गरिरहेको नेपालीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
कहि कतै देखेको खण्डमा ज्ञानबहादुर नेपालीलाई खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा बुझाई दिन परिवारजनले अनुरोध गरेका छन् । कतै भेटे वा देखेको खण्डमा ९७४१८३०८१६ नम्बरमा सिधा सम्पर्क गर्न सकिनेछ ।

