नुवाकोट शिवपुरी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा आचार्य, उपाध्यक्षमा गुरुङ
नुवाकोट,जेठ २२ । जिल्लाको शिवपुरी गाउँपालिका नेपाल शिक्षक संघको अध्यक्षमा दामोदर आचार्य चयन भएका छन् । नेपाली काङ्ग्रेस समर्थित शिवपुरी गाउँपालिकाका शिक्षकहरुको सो भेलाले उपाध्यक्षमा चोकमाया गुरुङलाई चयन गरिएको छ ।
नव निर्माण कार्यसमितिमा सुरेन्द्र लामा, शिवकुमार यादव, प्रवीण थपलिया, मुरारी बस्नेत, सुनिता तामाङ, सरिता श्रेष्ठ लगायत चुनिएका छन् ।
कार्यक्रममा शिक्षकको हकहितका बारेमा छलफल समेत भएको शिवपुरी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख समेत रहेका रामबहादुर थापाले बताए ।

