टेकुको पेट्रोल पम्पको ट्याङ्की विस्फोट : घाइतेको उपचार हुँदै



काठमाडौं,जेठ २२ । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पकोको इन्धन राख्ने ढक्कन वेल्डिङ्का क्रममा अकस्मात् विस्फोट भएको छ ।

सो विष्फोटमा दुईजना घाइते भएका छन् । घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

घाइते हुनेमा पर्सा जिल्ला जगन्नाथपुर गाउँपालिका– ३ घर भइ कालिमाटी बस्ने ३० वर्षीय किशोरी साह र सोही जिल्लाका १८ वर्षका दीपक कुमार साह रहेका छन् । उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्