फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटियाे



काठमाण्डाै,जेठ २३ । फर्पिङकाे जङ्गलमा युवक–युवतीकाे शव भेटिएको छ । काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको हो ।

अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा भेटिएको छ । 

मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएकाे ठाउँ नजिकै विषको बट्टा समेत फेला परेको छ । हत्या वा आत्महत्या बारे नखुलेकोले अनुसन्धान टोली त्यसतर्फ पठाउन लागिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्