नुवाकोटको लिखुमा अचेत अवस्थामा चितुवा भेटियो



नुवाकोट,जेठ २३ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर २ मा अचेत अवस्थामा चितुवा भेटिएको छ ।

छहरे प्रहरी पोस्टका अनुसार अचेत अवस्थामा पोथी चितुवा स्थानीयको मकै बारीमा भेटिएको हो ।

सो चितुवालाई डिभिजन वन कार्यालय नुवाकोटले उद्धार गरेको छ । चितुवा हेर्न स्थानीयको भीड लागेको थियोे ।

प्रतिक्रिया दिनुहोस्