भोलिबाट काठमाडौंको फोहोर उठाउने सहमति
काठमाडौं,जेठ २३ । काठमाडौं उपत्यकाको फोहोर भोलि मंगलबारबाट उठाइने भएको छ ।
सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमतिसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।
सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबिच बसेको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।

