चार्जिङ स्टेशन बनाउँदै ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रूप
काठमाडौं,जेठ २४ । ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रूपले विद्युतीय सवारीसाधन चार्जिङ स्टेशन बनाउने भएको छ ।
कम्पनीले वृद्धि–शशिला इलेक्ट्रिकसँगको सहकार्यमा नेपालभर विद्युतीय दुईपाङ्ग्रे सवारीसाधनका लागि चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन बनाउने भएको हो । विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनको क्षेत्रमा काम गर्दै आएको उक्त कम्पनी यसअघि ओकाया पावर ग्रूपको नामले प्रसिद्ध थियो ।
कम्पनीले नेपालभर विद्युतीय दुईपाङ्ग्रे सवारीसाधन, चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन सञ्चालनमा ल्याउन वृद्धि–शशिला इलेक्ट्रिकसँग रणनीतिक साझेदारी गरेको बताइएको छ ।

