दश लाख वृक्षरोपण अभियान शुरू



काठमाडौं,जेठ २४ । लुम्बिनी विश्व शान्ति मञ्च तथा थानकोट जेसिजको आयोजनामा चन्द्रागिरीमा वृक्षरोपण कार्यक्रम शुरू गरिएको छ । ‘१० लाख वृक्षरोपण अभियान’ अन्तर्गत  नगरपालिकाको वडा नम्बर ३ बाट वृक्षरोपण शुरू गरिएको हो ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले पर्यावरण क्षेत्रमा लुम्बिनी विश्व शान्ति मञ्च र ग्रीन हयाण्ड्सले आयोजना गरेको १० लाख वृक्षरोपण कार्यक्रमको सफलताको शुभकामना दिए । आगामी दिनमा उक्त किसिमको कार्यक्रमका लागि नगरपालिकाले पनि हातेमालो गर्ने उनले बताए ।वृक्षरोपण कार्यक्रम स्थल चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ मा अवस्थित बुद्धपार्कलाई व्यवस्थित गर्दै साइकल लेनको निर्माण गरी हरित बगैंचामा रूपान्तरण गरिने उनले बताए ।

कार्यक्रममा अतिथिको रूपमा काठमाडौं जेसिजका अध्यक्ष अनुप सुनुवार र नेपाल टेलिकम सेटेलाइट शाखा बलम्बुका प्रबन्धक जगदीश लेखकले पनि मन्तव्य राखेका थिए । ग्रीन हयाण्ड्सका अध्यक्ष अर्पणा पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासु गौतमले स्वागत मन्तव्य राखेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्