नुवाकोटका स्थानीयले फेरि रोके फोहर बोकेको गाडी
काठमाडौं, जेठ २४ । नुवाकोटका स्थानीयले फेरि फोहर बोकेको गाडी रोकेका छन् ।
नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् ।
आईतबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच फोहोर उठाउने सहमति भएको थियो ।

