बञ्चरेडाँडा तर्फ १ सय ३० गाडी फोहर लगिँदै, स्थानीय भन्छन् -‘प्रहरी दमन भयो’



काठमाण्डाै,जेठ २४ । काठमाण्डौबाट फोहर लिएर १ सय २० वटा गाडी बन्चरेडाँडा ल्यान्डफिल साइट तर्फ लागेको छ ।प्रभावित क्षेत्रका सरोकार समितिले भने प्रहरीले आफुहरु माथि बल प्रयोग गरेको बताएका छन् ।

सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका पालिकाहरू धुनिबेसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सहमतिपछि फोहर लिएर गएका गाडीलाई स्थानीयवासीले रोकेपछि अवराेध हटाइएकाे नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रकाश साहले जानकारी दिए। अवरोध हटाउने क्रममा १४ जनालाई पक्राउ गरेको साहले बताएका छन् ।

धुनिबेसी नगरपालिका वडा नम्बर १ र ककनी गाउँपालिका वडा नम्बर ३ का क्षेत्रमा प्रहरीले अवरोध हटाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्