नुवाकोटको छ्हरे-टोखा सडकलाई पूर्वाधार मन्त्रालयबाट ६ करोड विनियोजन
नुवाकोट,जेठ २४ । जिल्लाको विभिन्न क्षेत्रबाट काठमाडौ आवतजावतका लागि छोटो दुरीको सडक खण्ड छहरे-टोखा अन्तर्गत गुर्जे-छहरे सडकखण्डको स्तरोन्नतिका लागि रु.६ करोड विनियोजन भएको छ ।
यद्यपि नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि झन्डै २२ करोड विनियोजन भएको छ । प्रतिनिधिसभामा विचाराधिन रहेको आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विभिन्न योजना, परियोजनाका लागि २१ करोड ९६ लाख ५८ हजार रुपैयाँ रकम त्यस क्षेत्रका लागि छुट्याइएको श्रोतले जनाएको छ ।
यता पूर्वमन्त्री एवम् प्रतिनिधि सांसद हितबहादुर तामाङको सचिवालयले उपलब्ध गराएको झण्डै २२ करोड रकम क्षेत्रगत रुपमा कुनै ठाउँमा विनियोजन नभएको भन्दै उनका पार्टी शुभचिन्तकले नै विरोध गरेका छन् ।
त्यस्तै गंगटे-समुन्द्रटार-गोल्फुभञ्ज्याङ सडकलाई ५ करोड विनियोजन भएको छ । गुर्जे- छहरे सडकखण्ड पछि सबैभन्दा ज्यादा रकम सो सडकलाई छुट्याइएको देखिन्छ । यसपछि ‘शिवपुरी-७ सुनखानी ढलान घर-स्याल्पिङ खोला बरभञ्ज्याङ-शिवालय पञ्चकन्या-३ घलेभञ्ज्याङ-कुलकुले आरुखर्क ठकुरी टोल हुँदै भ्याङले दुप्चेश्वर गाउँपालिका समुन्द्रटार सडकलाई पनि ५ करोड रुपैयाँ विनियोजन भएको छ ।
जिल्लाका विभिन्न क्षेत्रमा विनियोजित रकम हेर्नुस्
१. गंगटे-समुन्द्रटार-गोल्फुभञ्ज्याङ सडक रु ५ करोड
२. सिन्धुरेखोला पुल रु ४७ लाख ५० हजार
३. तादी नदी पुल सिन्दुरे तादी संगम रु १ करोड
४. गाउँखर्क खोला पुल रु ३० लाख
५. छेपार खोला पुल रु ३० लाख
६. गुर्जे-छहरे खण्ड सडक रु ६ करोड
७. तीन पिप्ले-कुमरी गल्छी वैकल्पिक सडक रु ५० लाख
८. काउलेथाना- सानोचित्रे ठूलो चित्रे मानेखर्क चाउथे सडक रु ५० लाख
९. रानीपौवा-चतुराले-मात्रागाउँ महेन्द्र मावि सडक रु ५० लाख
१०. मध्यपहाडी लोकमार्गबाट सिलामे-चिलौने घ्याङ-टोड्के भञ्ज्याङ हुँदै आरुखर्क सडक-ञ्चकन्या -४ रु ५० लाख
११. पाटीभञ्ज्याङ-खोलेखर्क-मझुवा-कालोभञ्ज्याङ सडक रु ५० लाख
१२. गंगटे-लब्दु-गोल्फु-भञ्ज्याङ-पाटीभञ्ज्याङ-सडक रु ५० लाख
१३. छहरे-ठाटीभञ्ज्याङ-कोडथोक-लाकुरीभञ्ज्याङ-घले भञ्ज्याङ-आरुखर्क-मानेभञ्ज्याङ-सिन्धुपाल्चोक मेलम्ची सडक रु १ करोड
१४. शिवपुरी-७ सुनखानी ढलान घर स्याल्पिङ खोला-बरभञ्ज्याङ शिवालय-पञ्चकन्या-३ घलेभञ्ज्याङ कुलकुले आरुखर्क ठकुरी टोल हुँदै भ्याङले दुप्चेश्वर गाउँपालिका समुन्द्रटार सडक रु ५ करोड
१५. शिवपुरी-७ ठानाभञ्ज्याङ बरभञ्ज्याङ शिवालय सडक रु २१ लाख ५४ हजार
१६. दुप्चेश्वर गाउँपालिकाभ्याङले-मानेभञ्ज्याङ सडक स्तरउन्नती रु २१ लाख ५४ हजार

