स्रोत नखुलेको चार करोड रुपैयाँसहित नुवाकोटका गुरुङ पक्राउ



काठमाडौ,जेठ २४ । स्रोत नखुलेको चार करोड रुपैयाँसहित नुवाकोटका फुलबहादुर गुरुङ पक्राउ परेका छन् ।

चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित ५ जना पक्राउ परेका हुन।। 

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा सो नगद प्रहरीले फेला पारेको हो । गुरुङ सवारी चालक हुन भने चार जना चिनियाँ नागरिक भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्