छहरे-टोखा अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा बन्यो आकर्षक कालोपत्रे सडक



नुवाकोट,जेठ २५ । जिल्लाको छहरे-टोखा अन्तर्गत थानाभञ्ज्याङ् क्षेत्रमा कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ । गुर्जे-छहरे सड़कखण्डको सबैभन्दा साँघुरो सडकलाई मंगलादेवी सुबास कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियोे ।

जिम्मा पाएको लगत्तै निर्माण सुरु गरेको कन्स्ट्रक्सनले सिस्नेरी भीर, ढलानघर, गुरुङगाउँ सम्म साढे २ किलोमीटर सडकमा कालोपत्रे सम्पन्न गरेको हो ।

स्थानीय निर्वाचन ताका निर्माण भैरहेको सो सडक कतिपयले चुनावका लागि राजनैतिक दलले सडक निर्माण गरेको समेत भन्न भ्याएका थिए । तर मंगलादेवी सुबास कन्स्ट्रक्सनले त्यो एउटा संयोग मात्र भएको बताउदै आएको थियोे । कन्स्ट्रक्सनले कुल ४ करोड ८२ लाखमा सडक निर्माण सम्पन्न गरेको हो ।

कन्स्ट्रक्सनका सुबास कार्कीका अनुसार धेरै जसो ठाउँमा ठेकेदार र कामदारको मिलोमतोमा सडक गुणस्तरहीन हुने गरेको घटनाले हामीप्रति स्थानीय नागरिकले शंका व्यक्त गर्नु नराम्रो होइन । कार्कीले भने -‘निर्माण सम्पन्न हुँदै गर्दा यति टिक्छ उति टिक्छ भन्नु भन्दा बाटोको भौगोलिक अवस्था र सडकको चापलाई हेर्नुपर्ने हुन्छ ।’

कालोपत्रे सम्पन्न भएको उक्त सडकमा विभिन्न ७ चरण अपनाइएको छ । जस अन्तर्गत पहिलो चरण सबग्रेड, दोस्रो चरण सबसे, तेस्रो बेस, प्राइम कोड, सेमी ग्राउन्डिङ, ट्र्याक कोड र प्रिमिक्स कालोपत्रे पद्धति अपनाइएको कन्स्ट्रक्सनले जनाएको छ । यसप्रकारको पद्धति मुल प्राथमिकताका साथ पहिलोपटक यस सडक खण्डमा अपनाइएको उनले बताए ।

सडक निर्माण तथा कालोपत्रे निर्माण सुरु भएको ५० दिन भित्रै सम्पन्न भएको छ । तर विगतमा वर्षा याम लाग्ने बित्तिकै हिलाम्मे छहरे-टोखा सडकको तिव्र आलोचना हुँदै आएको थियोे । तथापि विक्रम संवत २०४२ सालमै रातो किताबमा पास भएको यस सडकले अझै पुर्णता भने पाउन सकेको छैन । चापको बोटदेखि काफलडाडा सम्म बाटो निर्माणाधीन अवस्थामा रहेकोेले वर्षायाममा दुख नपाइएला भने भन्न सकिदैन ।

तस्बिरमा हेरौं

प्रतिक्रिया दिनुहोस्