मलेसियामाथि नेपालको सानदार जित
काठमाडौं,जेठ २६ ।आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ । युकेएम ओभल मैदानमा बिहीबरा बिहान भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हरायो ।
यद्यपी नेपाल यसअघिनै छनोटबाट बाहिरि सकेको छ । नेपालले दिएको ८७ रनको विजय लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६१ रनमा समेटिएको थियो । मलेसियाकी एल्सा हन्टरले सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङमा नेपालकी कृतिका मरासिनीले दुई तथा मनिषा कुमारी उपाध्यायले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउनुभयो । आश्मा पुलामी मगरले २६ रन बजोड्नुभयो । सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान तीन तीन रन बनाउनुभयो । मलेसियाकी नुर सामेदले दुई विकेट लिनुभयो । एलिस हुन्तरले एक विकेट झारेका थिए ।

