नुवाकोट शिवपुरीमा चट्याङ लागेर दुई भैसीको मृत्यु



नुवाकोट,जेठ २६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा चट्याङ लागेर दुई भैसीको मृत्यु भएको छ ।

स्थानीय गोकर्ण थपलियाको गोठमा बाँधिराखेको दुई भैँसीको चट्याङ लागेर मृत्यु भएको हो ।

थपलियाकी छोरी दिपिकाका अनुसार गएराति गोठमा चट्याङ पर्दा भैसीको मृत्यु हुनुको साथै विद्युत सर्किटमा समेत क्षति पुगेको छ ।

मानवको हकमा चट्याङबाट यसरी बच्न सकिन्छ:-

– रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन
– मेघगर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन
– पौडी पोखरी र आसपासमा जानु हुँदैन
– रुखको फेद र आसपासमा बस्नु हुँदैन
– छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन भने बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ
– घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ -मोटरको टायरले विद्युतीय धारलाई भू सतहसँगको संसर्गबाट अलग्याइदिने भएकोले चट्याङले असर पार्न सक्दैन

–  कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ
– तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन, यसले चट्याङको खतरा झन् बढी हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्