सामूहिक बलात्कारका आरोपीलाई भारतमा जिउँदै जलाइयो



काठमाडौं,जेठ २६। सामूहिक बलात्कारका आरोपीलाई भारतमा जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका हुन् । जसमध्ये एक जनाको जलेर मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् । गम्भीर घाइते आशिषको अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्