पूर्वी चितवनको राप्तीमा बाघको आक्रमणबाट एक घाईते
चितवन,जेठ २७ । चितवनमा बाघको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । आज (शुक्रबार) बिहान ६ बजे राप्ती नगरपालिका १ का ४३ वर्षीय ईन्द्रबहादुर थिङ (वाईबा) घाइते भएका हुन् ।
तरकारी टिप्न खेतमा जाने क्रममा उनलाई राप्ती १ डिपोर्टस्थित बस्ती नजिकै बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घाइतेको अनुहार र घाँटिमा चोट लागेको छ । उनलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।
यस्तै बाघले सोही स्थानका सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर पनि मारेको तथा जितबहादुर थिङको गाईलाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जानकारी दिएको छ ।

