जाजरकोटमा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
जाजरकोट,जेठ २७ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
चार जना गम्भीर घाइते भएका छन् भने चार जनाको अवस्था सामान्य रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
सुर्खेतबाट जाजरकोटका लागि छुटेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको उद्धारका लागि हेलिकप्टर पठाइएको पनि उनले बताए । गृहमन्त्री बालकृष्ण खाणले हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्न निर्देशन दिए ।

