पृथ्वीराजमार्ग बन्द



काठमाडौं,जेठ २७ । रातको समयमा पृथ्वीराजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्ड बन्द गरिएको छ।

सडक भासिएर जोखिम भएकाले रातको समयमा सो खण्ड बन्द गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै पहिले सडक अवरुद्ध भएको हुँदा अर्को सूचना नभएसम्मको लागि रातको समयमा बन्द गरिएको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्