चाँगुनारायण केन्द्रविन्दु भएर ४ः७ भूकम्पको धक्का
काठमाडौं, जेठ २८ । भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको कडा धक्काको कारण काठमाण्डौ उपत्यकाका मानिसहरु घरबाहिर निस्किन बाध्य भएका छन्।

