नुवाकोटका एक युवा पोर्चुगलको समुन्द्र तटमा मृत भेटिए



काठमाडौं,जेठ २८ । नुवाकोटका एक युवा पोर्चुगलको समुन्द्र तटमा मृत भेटिएका छन् ।

गत अप्रिल १५ तारीखदेखि पोर्चुगलमा हराइरहेका नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १२ मदानपुरका सुजन सिलवालको शव पोर्चुगलको समुन्द्र छेउमा भेटिएको हो ।

गैरआवासीय नेपाली संघ, पोर्चुगल ( NRNA, Portugal) ले एक बिज्ञप्ती निकाल्दै सिलवालको मृत्यु भएको र शव पोर्चुगलको समुद्रमा भेटिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्