जीप दुर्घटना उपाध्यक्षको मृत्यु, अध्यक्ष सहित पाँच घाईते
इलाम,जेठ २८ । कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलामको हर्कटेमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनमा ५ जना घाइते भएका छन् ।
शुक्रबार साँझ भएको दुर्घटनामा संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको मृत्यु भएको छ ।
कर्णाली साकोसका पदाधिकारी चढेको स्करपियो गाडी बिर्तामोडबाट इलामतर्फ आउदै गर्दा साँझ हर्कटेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

