पृथ्वी राजमार्ग पहिरो : पहरो काटेर बाटो खोल्ने प्रयास जारी
तनहुँ,जेठ २८ । सडक भासिएको पृथ्वी राजमार्गको आँबुखैरेनी मुग्लिन सडकखण्डमा पहरो काटेर सडक फराकिलो पार्ने काम धमाधम भइरहेको छ। काम छिटो सम्पन्न गर्न रातको समयमा समेत पहरो काट्ने कार्य गरिएको छ।
यात्रुलाई समस्या नपरोस् भनेर रातको समयमा समेत पहरो काट्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी निरीक्षक हरिबहादुर क्षत्रीले जानकारी दिए । सडक विभाग यान्त्रिक कार्यालय डुम्रे, तनहुँको डोजरको सहायतामा सडक माथिको पहरो काटेर फराकिलो पार्ने काम भइरहेको उहाँले जानकारी दिए ।
हाल सो क्षेत्रमा मोटरसाइकल, कार र माइक्रोबस जस्ता साना सवारी साधन सञ्चालनमा ल्याइएको क्षत्रीले जानकारी दिए ।

