बेपत्ता युवकको शव इनारमा फेला
तौलिहवा,जेठ २८ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा भेटिएको छ ।
तिन दिनदेखि हराएका बहादुरगञ्जका हरिनारायण कहाँरको १९ वर्षीय छोरा अर्जुन कहाँरको राम गोरखा मावि नजिकै रहेको इनारमा डुबेको अवस्थामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका वरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्रराज गिरीले बताए ।
घरबाट तीन दिनदेखि बेपत्ता रहेका अर्जुनको खोजी गर्ने क्रममा स्थानीयले शुक्रबार राति उहाँको शव इनारमा तैरिराखेको अवस्थामा फेला परेको हो ।

