उच्च भोल्टेजको तारमा चढेका विकको आठ घण्टापछि सेनाले गर्यो उद्धार
नुवाकोट,जेठ २८ । जिल्लाको ककनी गाउँपालिका–७ मा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ को उच्च भोल्टेजको तारमा चढेका बेलकोटगढी नगरपालिका १३ घर भएका माइला विकलाई नेपाली सेनाले उद्धार गरेको छ।
उच्च भोल्टेजको तारमा चढेको करिब आठ घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेको नुवाकोटाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
प्रजिअ रिसालले भने, ‘‘नेपाली सेनाको हेलिकप्टरमा आएको विशेष टोलीले भर्खरै बिजुलीको पोलबाट उद्धार गरेर प्रहरीलाई बुझाएको छ।’’ प्रजिअ रिसालका अनुसार पोलमा चढेको आठ घण्टापछि विकको सकुसल उद्धार भएको हो। उनी अहिले प्रहरी नियन्त्रणमा छन् ।

