हाइटेन्सन लाइनको करेन्ट लागेर धादिङकी निर्मलाकाे ज्यान गयाे
धादिङ ,जेठ २९ । हाइटेन्सन लाइनको करेन्ट लागेर धादिङकी निर्मलाकाे ज्यान गएको छ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–१ मा विद्युत् प्रसारण लाइनबाट करेन्ट लागेर निर्मलाको ज्यान गएको हो ।
बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिए ।
११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीको दाबी छ ।

