कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवर विजयी
काठमाडौं,जेठ ३० । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर पुन : विजयी भएका छन् ।
कुँवर दोस्रो कार्यकालका लागि पनि प्यानलसहित अध्यक्षमा विजयी भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गरेका हुन् । कुँवरले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाएका छन् ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन् । उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियो ।

