पृथ्वीराजमार्गको अवरोध हट्यो, दुईतर्फी सवारी सञ्चालन
तनहुँ,जेठ ३० । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी–मुग्लिन खण्डमा सडक भासिएर भएको सवारी अवरोध हटेको छ ।
अबरोध भएको ठाउँमा सोमबारबाट दुईतर्फी सवारी साधन सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा भासिएको ठाउँमा सडक डिभिजन कार्यालय दमौलीले पहरो काटेर सडक फराकिलो बनाएपछि आज दिउँसो ४ः४५ बजेबाट दुवै तर्फ सवारी सञ्चालनमा आएको छ ।
सवारी साधन दुईतर्फी सञ्चालनमा आएपछि यात्रुलाई यात्रा गर्न सहज भएको छ ।

