समन्वय समिती दाङका पदाधिकारीहरुको सपथ



दाङ,जेठ ३० ।जिल्ला समन्वय समिती दाङका लागि नब निर्बाचित पदाधिकारी हरुले सोमबार सपथ लिएका छन ।

समन्वय समितीको प्रमुखमा नवनिर्बाचित नित्यानन्द शर्मालाई मुख्य निर्बाचन अधिकृत रितेन्द्र थापाले सपथ खुवाएका हुन । लगत्तै प्रमुख शर्माले उपप्रमुख सहित ७ जना सदस्यहरुलाई सपथ खुवाएका छन ।

दाङ जिल्लाको १० स्थानिय तहबाट २० मत मध्य १२ मत नेपाली काँग्रेस सँग थियो । सबै पदाधिकारी निर्बिरोध निर्बाचित भएका हुन । माओबादी केन्द्र सँग आपसी तालमेलमा समन्वय समितीको निर्माण भएको छ ।

समन्वय समितीको उपप्रमुखमा चेतना चौधरी, सदस्यहरुमा कुलबहादुर बुढामगर, टोपाराम चौधरी, द्रोपती चौधरी, हरिदेबी पोख्रेल, कल्पना सेर्पाईली, जुन कुमारी बुढा मगर र सर्श्वती नेपाली रहेका छन ।

प्रतिक्रिया दिनुहोस्