स्वरोजगारलाई सामाजिक सुरक्षाको प्रत्याभूति



काठमाडौं,जेठ ३१ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम मन्त्रालयमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कानून तर्जुमाको काम भइरहेको बताए ।

सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई स्वरोजगार व्यक्ति, वैदेशिक रोजगारीमा गएका श्रमिक र असंगठित क्षेत्रका श्रमिकलाई समेत आबद्ध गर्ने गरी तयारी अघि बढाइएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले सामाजिक सुरक्षा कोषका शाखा सातओटै प्रदेशमा लैजाने योजना अघि बढेको पनि जानकारी दिएका छन् । उनले संसद्मा ४९ बुँदे जवाफ पेश गरेका थिए ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्