राज्यमन्त्री वली प्रहरीद्वारा समातिए
दाङ,जेठ ३१ । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रहरीद्वारा समातिएका छन् ।
दाङको तुलसीपुरमा एक महिलामाथि कुटपिट गरेको भन्दै प्रहरीले मङ्गलबार बिहान राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरका अनुसार राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५का एकराज बस्नेतकी श्रीमती मीना भण्डारीलाई हातपात गरेकी थिइन ।

