गल्छी-त्रिशुली स्याफ्रुबेशी सडक अवरुद्ध
नुवाकोट,असार २ । गल्छी-त्रिशुली स्याफ्रुबेशी सडक अवरुद्ध भएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिमा पहिरो खस्दा गल्छी हुँदै नुवाकोट-रसुवा भित्रने सवारीसाधन ठप्प भएको हो ।
देविघाट नजिकै वेशीथोक जाने बाटो नजिकै ठूलो ढुंगासहितको पहिरो खसेको स्थानीयले बताएका छन् । राति ८ः३० बजे पहिरो गएपछि उक्त सडक हालसम्म अबरूद्ध रहेको बताइएको छ ।

