पृथ्वी हाइवेमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु



तनहुँ,असार २ । पृथ्वी हाइवेमा पर्ने तनहुँ आबुँखैरेनी गाउँपालिका– ४ मर्स्याङ्दी पावरहाउसस्थित रुवा खोला पुलमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको  ग १ क ४४६९ नं.को मिनी टिप्पर अनियन्त्रित भई पुलबाट २५ मिटर तल खोलामा खसेर सो टिप्पर चालकको मृत्यु भएको हो ।

तनहुँको म्यादे गाउँपालिका– ६ मनपाङ बस्ने वर्ष ४७ को रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना बिहीवार बिहान भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्