विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं,असार २ । राष्ट्रियसभाको बिहीबारको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सो विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सदनसमक्ष पेश गरेका थिए ।
यस्तै, बैठकले शपथसम्बन्धी विधेयक, २०७८ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव समेत पारित गरेको छ ।

