लागूऔषधसहित सात विदेशी पक्राउ
काठमाडौं,असार २ । लागूऔषध नियन्त्रण ब्यूरोले एक अर्ब दुई करोड मूल्यको ५१ केजी हेरोइनसहित सातजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार विभिन्न स्थानबाट ५१ केजी हेरोइनसहित सातजना दक्षिण अफ्रिकन महिलालाई पक्राउ गरेको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी हेरोइनमध्ये ४९ किलो सेतो र दुई किलो खैर रहेको जानकारी दिएको छ ।

