कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता
काठमाडौं, असार २ । कालीगण्डकीमा डुंगा पल्टँदा ६ वेपत्ता भएका छन् । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा डुंगा पल्टँदा ६ जना वेपत्ता भएका हुन् । र्याफ्टिङ खेलिरहँदा पल्टेर उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ ।
पाल्पा प्रहरीका अनुसार र्याफ्टिङ गर्नेमध्ये भारतीय पर्यटक समेत रहेका छन् । र्याफ्टिङमा चालसहित ८ जना थिए । उनीहरुमध्ये चालक सकुशल रहेको र एकजनाको उद्धार गरेको बताइएको छ ।
दुर्घटनापछि वेपत्ताको राति अबेरसम्म खोजी भइरहेको बताइएको छ । नदीमा बाढी आएको र नदी प्रवाह पनि बढी रहेकाले घटना भएको हुनसक्ने जनाइएको छ ।

