नुवाकोटको तादी खोलामा सवारी दुर्घटना हुँदा एक शिक्षिकाको ज्यान गयो



नुवाकोट,असार ३ । सवारी दुर्घटनामा परी एक शिक्षिकाको ज्यान गएको छ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर ४ मा दुर्घटना पश्चात् खोलाले बगाउँदा एक शिक्षिकाको ज्यान गएको हो । 

स्थानीय सुन्दरा माध्यमिक विद्यालय सातबिसेकी शिक्षिका राधिका आचार्यको सवारी दुर्घटनामा परी मृत्यु भएको हो। विद्यालय जाँदै गर्दा शुक्रबार बिहान उनी चढेको स्कुटी अनियन्त्रित भई पल्टिएर खोलामा बजारिन पुगेको थियोे ।

इलाका प्रहरी कार्यालय खरानीटारका इन्स्पेक्टर योगेश खरेलले मृतकको शव जिल्ला अस्पताल त्रिशूली पठाइएको छ। घटनाबारे विस्तृत जानकारी पोस्टमार्टम रिपोर्टपछि आउने खरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्